दफा ५७
धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रको लागि निवेदन दिनुपर्ने
(१) धितोपत्र व्यवसाय गर्न चाहने कम्पनी वा संस्थाले तोकिए बमोजिमको ढाँचामा तोकिए बमोजिमको विवरण, कागजात र दस्तुर संलग्न गरी धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रको लागि बोर्ड समक्ष निवेदन दिनु पर्नेछ । (२) उपदफा (१) बमोजिम दिइने निवेदनमा देहायका कुराहरु खुलाइएको हुनु पर्नेछः– (क) धितोपत्र व्यवसायको किसिम र प्रदान गर्ने सेवाका सम्बन्धमा, (ख) धितोपत्र व्यवसाय गर्न प्रतिनिधि नियुक्त गर्ने र त्यस्तो व्यवसाय अरुसँग मिली गर्ने भए सो सम्बन्धी कुरा, (ग) धितोपत्र बजारको सदस्यता लिएर मात्र व्यवसाय गर्न पाउने तोकिए बमोजिमका व्यवसायीका हकमा सम्बन्धित धितोपत्र बजारको सिफारिसपत्र, (घ) प्रस्तावित धितोपत्र व्यवसाय गर्न सक्षम भएको कुरा प्रमाणित गर्ने आधारहरु र बोर्डले तोकिदिएको अन्य जानकारी ।